३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

लम्फी स्किन र अफ्रिकन स्वाइन फिवरको निरीक्षण गर्न मन्त्रालयको टोली मेचीनगरमा

जेष्ठ २७, २०८२, १:४४ .मङ्लबार
0
0
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ जेठ । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।

मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा.पशुपति ढुंगाना, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्याय, केन्द्रीय पशुपंक्षी रोग अन्वेषक प्रयोगशालाका पशु चिकित्सक डा.विकेशकुमार राउत लगायतको टोलीले मेचीनगरको प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

उनीहरुले शंकास्पद लम्फी स्किन रोग देखिएको मेचीनगर–७ र १४ को किसानको घरमा पुगेर गाई गोरुको अवस्था र उपायका बारेमा जानकारी लिएका थिए ।

त्यस्तै टोलीले मेचीनगर–६ स्थित अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिएको बबिता बङ्गुर फार्ममा पनि पुगेर निरीक्षणसहित सञ्चालकसँग छलफल गरेका थिए । अफ्रिकन स्वाइन फिवरका कारण फार्मका ८० वटा बङ्गुर मरेका थिए ।

नगरपालिका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङका अनुसार मेचीनगर–२, ३, ४, ७, ८, ९ र १४ र १५ नम्बर वडाका किसानका १४ वटा गाई र बाँछीमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिएको छ ।

उनका अनुसार उक्त रोगको आधिकारिक पुष्टि भने भइसकेको छैन । परीक्षणका लागि केन्द्रमा पठाइएको छ । करिव ४÷५ दिनमा त्यसको रिपार्ट आउने छ ।

‘ती गाई र बाँछीमा अहिले सामान्य घाउँ जस्तो देखिएको छ’, गुरुङले भने–‘किसानलाई घाउमा लगाउने मलम, पेनकिलर, ज्वरो, सरसफाइका लागि फिनेल, पोटासीयम परनेट लगायतका औषधि दिइएको छ ।’

संक्रमित क्षेत्रको पाँचसय मिटर आसपासका किसानका गाई–गोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाएको छ । पशु प्राविधिक छत्र राईका अनुसार थाहा पाएदेखि अहिलेसम्म १८० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको छ ।

मन्त्रालयको उच्चस्तरीय टोलीले लम्फी स्किन लक्षण देखिएका गाई–गोरुको उपचार र समुदाय समेतका गाई–गोरुमा मास भ्याक्सिन लगायन सुझाव दिएका छन् ।

हाल मेचीनगरमा २५ सय भ्याक्सिन भण्डारण गरिएको छ । अपुग भए थप भ्याक्सिन उपलब्ध गराउने टोलीले बताएको छ ।

टोलीलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उक्त रोग समुदायमा फैलिन नदिन मन्त्रालयले सहयोग गर्नु पर्ने बताएका छन् । नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा उच्चस्तरीय टोलीको वैठक समेत बसेको थियो ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीका अनुसार यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टि मिटर सम्मको गोलो गिर्खा र घाउ देखा पर्ने छ ।

उच्चस्तरीय टोलीमा कोशीको क्षत्रिय पशुपंक्षी रोग अन्वेषक प्रयोगशालाका प्रमुख डा.कमल गिरी, ल्यावका प्राविधिक योगराज अधिकारी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी प्रमुख शितल भट्टराई र नगरपालिका पशु सेवा शाखाका प्रविधिकहरु रहेका थिए ।

मेचीनगरमा लम्फी स्किन रोग र अफ्रिकन स्वाइन फिवरको संक्रमण भएको नगरपालिकाले जानकारी गराएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आजै बसेको बैठकले स्थलगत निरीक्षण गर्न उच्चस्तरीय टोली खटाएको थियो ।

पछिल्लो समाचार

बिर्तामोडमा विज्ञान प्रदर्शनी : बुद्धशान्तिको आदर्श मावि प्रथम

अघिल्लो समाचार

सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.