बिर्तामोड, २७ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव आयोजना गरिने भएको छ ।
यही साउन ३१ गते श्री राधा माधव भजनस्थलीले बिर्तामोड स्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव आयोजना गर्न लागेको हो ।
मंगलवार बिर्तामोड स्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको थियो । भक्ति शिद्धान्तदास ब्रम्हाचारी, शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी माताजी लगायतले आयोजनाका बारेमा जानकारी गराएका थिए ।
हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उदेश्यले ‘हरे कृष्ण मोमेन्ट’ अभियान सञ्चालन गरिएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त साद ब्रम्हचारीले बताए ।
भगवान श्रीकृष्ण र गुरुको प्रशन्नता, सनातन धर्मको रक्षा र प्रर्वधन, युवालाई सनातन संस्कृति र अध्यात्मिकसंग जोड्नु, हरे कृष्ण महामन्त्रको प्रचार गर्नु, सबैलाई कृष्ण सेवामा लाग्न प्रेरणा दिने उदेश्यले हरे कृष्ण अभियान सञ्चालन गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते विहान ७ः३० बजेदेखि विशेष कार्यक्रम हुने छ । जस अन्तरगत दर्शन आरती र गुरु पूजा, कृष्ण कथा भाग–१, २, ३ र ४, विश्व शान्ति महायज्ञ, भजन कीर्तन, भजन कीर्तन, हरे कृष्ण वृत्त चित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम, ब्रम्हाचारी भक्तको नाट्य प्रस्तुति, आरती र कीर्तन, महाभिषेक, ५६ भोग अर्पण र राति १२ बजे कृष्ण जन्मेको अवसर पारेर महाआरती र कीर्तन गरिने आयोजक समितिले जनाएको छ । सो अवसरमा पाँच हजार भन्दा बढी भक्त जनलाई निःशुल्क महाप्रसाद बितरण गरिने जनाइएको छ ।
महाउत्सवमा झापाका विभिन्न ठाउँसहित भारतको सिलिगुढी, विहारबाट समेत दशौं हजार भक्तजनको उपस्थिति रहने आयोजकको भनाई छ । साउन ३१ गते साँझ ७ः३० बजेदेखि सुप्रशिद्ध भजन गायक राजु अधिकारी र रोशन अधिकारी सहितको टिमले कार्यक्रममा भजन कीर्तन लगायतका सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ ।
वालाजी मन्दिर बिर्तामोड–५ ले आयोजना गर्ने श्रीकृष्ण रथ यात्रामा समेत सहभागिता जनाउने श्री राधा माधव भजनस्थलीले जनाएको छ । रथ यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने छ ।




Discussion about this post