२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

माइती नेपाल काँकरभिट्टा : हराएका ६९ जनामध्ये २० भेटिए

भदौ ८, २०८२, १२:२९ .आइतवार
0
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ भदौ । माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ ।

हाम्रो समाज : चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उदेश्यका साथ आइतबार माइती नेपालले सामाजिक परीक्षण र सरोकारवालासँगको छलफलमा २०८१÷०८२ को उक्त तथ्याङ्कमा सार्वजनिक गरेको हो ।

माइती नेपालका पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय अधिकृत गोविन्द घिमिरेले मुलुकका विभिन्न जिल्लाबाट हराएर निवेदन परेका ६९ जना मध्ये २० जना भेटिएको जानकारी दिए ।

भेटिएका २० जना मध्ये २ जना नेपाल र बाँकी १८ जना भारतका विभिन्न शहरहरुबाट फेला परेका हुन् । हराएका अधिकांश चेलीबेटीहरु सम्बन्ध विगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विहे गरेर बसेका लगायत कारणले वेपत्ता भएको घिमिरेले बताए ।

हराएका केहिले धेरै समयपछि घरमा सम्पर्कमा आएर अभिभावकहरुले कार्यालयलाई जानकारी गराउने, कसैलाई हाम्रै माध्यमबाट अभिभावकलाई सम्पर्क गरिदिने गरिएको उनको भनाई छ ।

यस्तै कार्यालयले सीमा नाकामा १५८ जनालाई भारत जानबाट रोकेको छ । भारतबाट ४ जनालाई उद्धार पनि गरिएको छ । घिमिरेका अनुसार विगतमा भन्दा काँकरभिट्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीहरुको निगरानी कडाइ रहेको छ । त्यस्तै चेलीबेटी बेचविखन सम्बन्धी काम गर्ने धेरै संघ–संस्थाहरुको सहकार्यले पनि प्रहरी र हामीलाई सहज भएको छ ।

पछिल्लो समय चेलीबेटी बेचविखनमा सक्रिय दलालहरुले यो नाकामा कडाइ भएपछि झापाको अन्य साहयक बाटाहरु प्रयोग गर्न थालेका छन् । मानव तस्करीका दलालले झापाका दक्षिणका भेगहरु गौरीगंज, कचनकवल लगायतका ग्रामिण सडक प्रयोग गर्न थालेको बुझिएको छ ।

कार्यालयले २ वटा बलात्कारका घटना दर्ता र घरेलु हिंसाका ७ वटा घटना रहेको छ । २०८०÷०८१ मा ६२ जना हराएकोमा १६ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । १६८ जनालाई सीमामा रोकेको थियो । घरेलु हिंसाका १४ वटा उजुरी परेका थिए । बलात्कार सम्बन्धी २ वटा घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई पनि कर्मचारी खटाएर परामर्श दिने गरेको छ । सुरक्षित आप्रवासन सम्बन्धी २०८१÷०८२ मा पाँच हजार १४० जना र ०८०÷०८१ मा सात हजार ६७४ जनालाई परामर्श दिएको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी रामचन्द्र थापाले सीमा नाकमा चेलीबेटीविखन रोक्न, अन्य अपराधिक गतिविधि र अवैध भन्सार छलीका समानको निगरानी, पक्राउ र बरामद मुख्य प्राथमिकता रहेको बताए । उनले समाजमा रहेका अनेक प्रकारका विकृत रुढीवादी परम्परालाई हटाउन आफ्नै घरैबाट सुरु गर्नु पर्ने बताए ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले वैदेशिक रोजगारको प्रलोभनमा परेर भारतका कोठी र अन्य ठाउँमा अलपत्र परेकाहरुलाई उद्धार गर्नमा सहकार्य गरेको बताए ।

उनले आफ्नै नगरमा विभिन्न तालिम दिएर रोजगारको सिर्जनाका लागि गरिखाने वातावरण बनाइरहेको दावी गरेका थिए । विद्यार्थीहरुलाई विद्यालयमा पुगेर सचेतना दिइरहेको माइती नेपालको सामाजिक काममा सहकार्य गरिरहेको काँकरभिट्टा माविका प्रधानाध्यापक देवेन्द्र निरौलाले बताए ।

कार्यक्रममा सरोकारवाला विभिन्न सामाजिक संघ–संस्था र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । माइती नेपाल का
क्षेत्रिय अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परामर्शकर्ता सारथी राजबंशीले गरेकी थिइन् ।

पछिल्लो समाचार

हाेराइजनमा तीजकाे अवसरमा शिक्षिकाहरूबीच फुटबल

अघिल्लो समाचार

तीजसँगै हस्ताक्षर संकलन अभियानमा जुट्दै महिलाहरु

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.