मेचीनगर, ११ भदौ । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ मात्र भन्सार घोषणा बिना नेपाल भित्राउन सकिने बताएको छ ।
२०७५ पुस २३ गते राजपत्रमा सूचना (खण्ड ६८, संख्या ४७, भाग ५) जारी गर्दै कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलन चल्तीमा रहेका ५०० र १००० भारतीय रुपैयाँ दरका नोटको कारोबार गर्न तथा २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकले ५ हजार अमेरिकी डलर भन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्राउँदा वा नेपालबाट बाहिर लैजाँदा भन्सार घोषणा गर्नुपर्ने बताएको छ ।
भन्सार घोषणा गरेर मात्रै विदेशी मुद्रा कारोबार गर्न राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको हो ।
५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउन राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसँग सम्बन्धि २०७५ असार ३२ गते र चैत २६ गते सूचना जारी गरेको थियो ।




Discussion about this post