मेचीनगर, ११ भदौ । मंगलबार राति पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किदा भ्यान चालकको मृत्यु भएको छ । भ्यानमा सवार चार जना घाइते भएका छन् ।
हिजो राति करिव ९ वजे सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं.को मारुती भेन एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ठोक्कदाँ भ्यान चालक शिवसताक्षी–७ बस्ने बर्ष २९ को नवराज बाँस्कोटालाई तत्काल वीएण्डसी अस्पताल बिर्तामोड पुराउन साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही भ्यानमा सवार शिवसताक्षी–७ बस्ने बर्ष ४० को पृथ्बीनाथ साह, उनकी श्रीमती बर्ष ३७ की पुनमदेवी साह, नीजका छोरा बर्ष १४ का प्रसन्न साह र नीजकै छोरी बर्ष ९ की प्रिन्सा साह घाइते भएको प्रहरीले बताएको छ ।
उनीहरु सबैको वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी–८ बस्ने बर्ष २४ को सुमन पौडेल, मारुती भ्यान नियन्त्रणमा लिएको छ ।




Discussion about this post