बिर्तामोड, ११ भदौ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले प्रथम अधिवेशन आगामी कार्तिक महिनामा गर्ने भएको छ ।
आज संघका झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी कात्तिकमा हुने अधिवेशनमा ‘चलचित्र पत्रकारिता सम्मान’ र ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय समेत गरेकाे छ ।
पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम भने अहिले नतोकिएको बताइएको छ ।
झापामा रहेर चलचित्र पत्रकारितामा योगदान पुर्याउने एक जना पत्रकारलाई नगद ११ हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरिने वैठकले निर्णय गरिएको छ ।
त्यस्तै, अर्का एक जना पत्रकारलाई नगद ५ हजार १५१ रुपैयाँसहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गरिने बताइएको छ ।
यसैगरी बैठकले संघकी सदस्य अस्मिता साँखीलाई कोषाध्यक्ष पदमा र सदस्यहरूमा सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाई, टिकाराम बाँस्तोलालाई सर्वसम्मत चयन गर्ने निर्णय गरिएको सचिव एकराज प्रधानले बताए ।
संघमा आबद्धता हुन चाहानेहरूका लागि नयाँ सदस्यता खुल्ला गरिएको अध्यक्ष तिवारीले जानकारी दिए ।




Discussion about this post