मेचीनगर, ११ भदौ । वैज्ञानिक डा.महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा दुई करोड २३ लाख ५० हजार रुपैयाँको बिक्री भएको छ ।
डा.पुनले सामाजिक सञ्जाल (फेसबुक) मा झापामा २९ हजार ८ सय थान पुस्तक बिक्रीबाट दुई करोड २३ लाख ५० हजार रुपैयाँ उठेको बताएका छन् ।
वीरगंजमा स्थापना गरिएको आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उनी एक महिना झापामा बसेका थिए ।
नेपालको अन्तिम नाका पश्चिम महाकालीबाट पुस्तक बिक्री गर्दै पूर्वको काँकरभिट्टा आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक बिक्री भएको झापा अनुमान गर्न सकिन्छ ।
उनले सामाजिक सञ्जालमा झापामा राम्रो पुस्तक बिmत्री भएको दावी गरेका छन् । झापाको १५ वटै पालिकामा पुगेर उनले पुस्तक बिक्री गरेका थिए ।
त्यसैगरी झापाबाट पुस्तक बिक्रीका लागि इलाम समेत पनि पुगेका थिए । पुस्तक बिक्री गर्न हिडेको पाँच सय दिन पुगेको थियो । पुस्तक बिक्रीबाट संकलन भएको रकम वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च हुँदै आएको वैज्ञानिक पुनले जानकारी दिए ।
अहिलेसम्म देशभरीबाट दुई लाख ३० हजार भन्दा बढी पुस्तक बिक्री भइसकेको बताइएको छ । उनका अनुसार पुस्तकबाट अहिलेसम्म १२ करोड संकलन भएको छ ।




Discussion about this post