मेचीनगर, १३ भदाै । मेचीनगरका ९ वटा नीजि विद्यालयका विद्यार्थीहरूका लागि एकदिवसीय ´स्कुल ब्रेनवेब सर्कल` प्रतियोगिता आयोजना गरेकाे छ ।
मेचीनगर-७ स्थित ईटाभट्टाकाे झापा नेशनल स्कुलमा शुक्रबार आयोजना गरिएको ´स्कुल ब्रेनवेव सर्कल`मा ९ वटा विद्यालयका विद्यार्थीहरूलाई ९ वटै विभिन्न विद्यामा प्रतियोगिता गराइएकाे हाे ।
´प्रतियोगितामा सहभागी कुनैपनि विद्यार्थी उपविजेता बन्न परेन` झापा नेशनलका संस्थापक प्रिन्सिपल कमल भेटवालले भने-´निराश र आफ्नो लुलेकाे प्रतिभा देखाउन याे कार्यक्रमले मद्दत पुग्छ । सामुहिक प्रयासबाट नयाँपन, नयाँ उर्जा विद्यार्थीबाट खाृजेका हाैँ ।`
विद्यार्थीहरूलाई आधुनिक प्रविधि र नयाँ शैलीबाट शिक्षा प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगितामा गरिएको थियाे ।
विद्यार्थीको अन्तरप्रतिभा, पाठ्यक्रम सिकाई, अतिरिक्त क्रियाकलाप लगायतमा क्षमतावान बनाउन ९ वटा विद्यालयका फाउण्डर प्रिन्सिपलहरूकाे याेजना अनुसार मेचीनगरमा पहिलाे पटक यस्ताे प्रकारको कार्यक्रम सुरूवात गरिएको प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष एवम् थेसिस स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रूचालले जानकारी दिए ।
प्रतियोगितामा ज्ञानकला, वादविवाद, चित्रकला, लेखन, विषय अभ्यास, विज्ञान प्रदर्शनी, कला शैली र भाषण कला, एक्स्ट्रा करिकुलम एक्टिभिटीज लगायत रहेका थिए ।
प्रतियोगितामा झापा नेशनल स्कुल, थेसिस अंग्रेजी स्कुल, ओसेनिक अंग्रेजी स्कुल, दोकानडाँडा अंग्रेजी स्कुल, ल्होत्से अंग्रेजी स्कुल, लिभिङ फाउण्डेशन स्कुल, दुर्गा अंग्रेजी स्कुल, माउन्ट पोइन्ट अंग्रेजी स्कुल र वालबाटिका अंग्रेजी स्कुलकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-७ का वडाध्यक्ष प्रल्लादमणि ओलीले उद्घाटन गरेर प्रतियोगिता सुरू गरिएको थियाे ।
उनले विद्यार्थीकाे क्षमता अभिवृद्धि गर्न विद्यालयहरूले गरेकाे सामुहिक उदेश्य सराहनीय रहेकाे बताए ।
झापा नेशनल स्कुलका संस्थापक प्रिन्सिपल कमल भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दाेकानडाँडा अंग्रेजी स्कुलका प्रिन्सिपल नेत्र खतिवडाले गरेका थिए ।




Discussion about this post