बिर्तामोड, १३ भदौ । बिर्तामोड–२ स्थित ग्रिन पार्कको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा अनुसार शुक्रबार दिउँसो ३ वजे ग्रिन पार्कको कम्पाउण्ड भित्र रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईको डुवेर मृत्यु भएको छ ।
प्रसाईसँगै पार्क घुम्न र पौडी खेल्न गएका साथि बिर्तामोड–१० का ३३ वर्षीय केशव शिवाकोटीले भने सकुशल रहेको प्रहरीको भनाई छ ।
ग्रिन पार्कका सञ्चालक जीवन ढुंगानाले प्रसाईको मृत्युको खवर राति ८ वजे दिएको अनारमनी प्रहरी कार्यालयले बताएको छ ।




Discussion about this post