२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

झापामा लागूऔषध : दैनिक पक्राउ, घटेनन् सेवनकर्ता र कारोवारी

भदौ १४, २०८२, ९:२३ .शनिबार
0
0
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।   

मेचीनगर, १४ भदौ । लागूऔषध कारोवारी र प्रयोगकर्ताका लागि झापाका खुल्ला सीमा नाकाहरु अन्तर्राष्ट्रिय अखडा बनिरहेका छन् ।

प्रहरीले नाकामा दैनिक लागूऔषध कारोवारी र सेवन गर्नेहरुलाई पक्रिए पनि यसको ओसारपसार घटेको छैन । झन झन बढिरहेको अवस्था छ ।

लागूऔषध कारोवारीका लागि पूर्वी नाका काँकरभिट्टा अन्तर्राष्ट्रिय अखडा बनिरहेको छ । कारोवारीको ट्रान्जिट पोइन्ट बनेको काँकरभिट्टाबाट देशका विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध पुग्ने गरेको छ ।

नेपाल र भारतको सीमा नाका पानीट्याङ्की, नक्सलवाढी र सिलीगुडीबाट दैनिक लागूऔषध काँकरभिट्टा हुँदै नेपालका पहाडी तथा मुख्य शहरहरूमा पुर्याउने गरिएको छ ।

८० प्रतिशत जिल्ला बाहिर जान्छ : एसपी

झापाका जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बूले भारतबाट विभिन्न माध्यमबाट नेपाल भित्रीने लागूऔषध ८० प्रतिशत जिल्ला बाहिर जाने गरेको जानकारी दिए । ‘२० प्रतिशत झापामा लागूऔषधको प्रयोग, सेवन, कारोवारले बिक्री वितरण गर्छन्’, एसपी लिम्बुले भने–‘बाँकी ८० प्रतिशत लागूऔषध नेपालका पहाडी क्षेत्र र मुख्य शहरहरूमा पुग्छ ।’

उनका अनुसार भारतमा स्थानीयलाई बेच्दैनन् भनेको सुनेको छु । भारतमा व्यक्तिसहित ठुलो मात्रामा लागूऔषध बरामद भयो भने पनि कानुनी कारवाही नभएर धरौटीमा छोड्ने गरेको बुझेको छु । उनीहरूले लागूऔषधहरू शरिरको विभिन्न अंगमा, साइकल, स्कृटी, मोटरसाइकल, कार, जीप, तरकारी, फलफुल लगायतका अन्य सामानमा लुकाएर ल्याएका हुन्छन् ।

कारोवारीलाई इन्काउन्टर

केही महिनाअघि यहि नाकाबाट लुकाएर काठमाडौँ पुर्याएको लागूऔषधका दुई जना कारोवारीलाई प्रहरीले खुट्टामा गोली हानेर समातेको थियो । त्यस्तै झापाको सुरुङ्गा र दक्षिणी भेगको टाघनडुव्वा लगायतका क्षेत्रमा पनि मोटरसाइकल, साइकलमा लुकाएर ल्याएको ब्राउन सुगर लगायतका लागूऔषधका कारोवारीलाई गोली हानेर प्रहरीले पक्रेको थियो ।

नाकामा कडाई

सीमामा निगरानी, पक्राउ गरेर कारवाही, मुद्दा चलाउने, स्कुल र कलेजका विद्यार्थी र समुदायलाई लागूऔषध सम्बन्धि सचेतना दिने काम पनि गरिरहेको एसपी लिम्बूको भनाई छ ।

लिम्बुका अनुसार भारतका प्रहरीसँगको क्रस बोर्डर मिटिङ, जिल्ला सुरक्षा समितिको वैठक, सरोकारवालाहरूसँगको छलफल, प्रहरीहरूबीचको छलफलमा उठेका कुराहरूलाई सम्बन्धित निकाय, कोशी प्रदेश, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा रिपोर्टिङ गर्ने गरिएको छ ।

उनले भने ‘खुल्ला बोर्डरका कारण केही समस्याहरू छन् । तर पनि नाकामा निगरानी कडाइ रूपमा छ । प्रतिबन्धित लागूऔषध ल्याउने जो कोही (नेपाली वा भारतीय) लाई पक्राउ गरेर अदालतबाट मुद्दा चलाउने गरिएको छ ।’

महिलाहरु पनि धेरै

जिल्ला प्रहरी कार्यालय झापाको पछिल्लो २ वर्षको तथ्यांक अनुसार ११८ किलोमिटर खुल्ला सीमानाका कारण दैनिक २÷३ जना लागूऔषध ओसार प्रसारमा संलग्न कारोवारी र प्रयोगकर्ता पक्राउ परिरहेका छन् । पक्राउ पर्नेमा नेपाल र भारतका पुरूष मात्र होइनन् धेरै महिलाहरू पनि रहेका छन् ।

अघिल्लो वर्ष २९७ जनालाई मुद्दा

प्रहरीले आ.व.२०८०÷८१ मा ४६२ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरेको थियो । जसमा ४०६ जना स्वदेशी र २३ जना भारतीय पुरूष, २९ जना स्वदेशी र ४ जना भारतीय महिला थिए । त्यसमध्ये २९७ जनालाई मुद्दा चलाइएको थियो ।

उनीहरूको साथबाट २ केजी १७४ ग्राम, १९५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । त्यस्तै उनीहरूबाट २८ केजी ७०० ग्राम गाँजा पनि बरामद गरेको प्रहरीले बताएको छ । अन्य लागूऔषधका रूपमा प्रयोग हुने ट्रमाडोल, कोलिवन, नाइट्रभेट, नाइट्राजेपाम, फेनरगन, एन्टिकफ, ओनेरेक्स लगायतका सिरफ र ट्यवलेट समेत बरामद गरिएको छ ।

गत वर्ष ३४६ जनालाई मुद्दा

यस्तै आ.व.२०८१÷८२ मा ५५९ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरेको थियो । जसमा ५०४ जना स्वदेशी र २७ जना भारतीय पुरूष, २७ जना स्वदेशी र १ जना भारतीय महिला थिए । त्यसमध्ये ३४६ जनालाई मुद्दा चलाइएको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट २ केजी ८८२ ग्राम, ४४७ मिलिग्राम ब्राउन सुगर, १ ग्राम ५६० मिलिग्राम चरेस पनि बरामद गरेको थियो ।
त्यस्तै उनीहरूबाट एक हजार ६५१ केजी, ७२ ग्राम २७० मिलिग्राम गाँजा पनि बरामद गरेको प्रहरीले बताएको छ ।

अन्य लागूऔषधका रूपमा प्रयोग हुने ट्रमाडोल, कोलिवन, नाइट्रभेट, नाइट्राजेपाम, फेनरगन, एन्टिकफ, ओनेरेक्स लगायतका सिरफ र ट्यवलेट समेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

गत महिना २७ जना पक्राउ

यसैगरी आ.व. २०८२÷८३ को साउन महिनामा ३ जना महिला र २४ पुरूष गरि २७ जना स्वदेशी लागूऔषधमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उनीहरूको साथबाट ५६७ ग्राम ५३२ मिलिग्राम ब्राउन सुगर र ४ केजी ७४ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै उनीहरूको साथबाट ट्रमाडोल हाइड्रोकोलोराइड, डिसिकोलोमाइन, सिल्डेनाफिल, कम्विपेक लगायतका औषधीहरूपनि बरामद गरेको छ ।

दलदलबाट निस्कन सक्दैनन् : अभियन्ता न्यौपाने

लामो समयदेखि लागूऔषध न्यूनिकरणको क्षेत्रमा काम गरिरहेका सामाजिक अभियन्ता गोविन्द न्यौपानेका अनुसार घरायसी कारण, साथि भाइको संगत, करकाप, डीप्रेशन आदी कारणले यसमा लाग्छन्, अलि अलि खाँदै बानी भएपछि त्यो दलदलबाट निस्कन सक्दैनन्, विशेष गरेर १५ वर्षदेखि २२ वर्षका युवायुवतीहरु यसमा लागेको पाइन्छ ।

‘उनीहरुले लागूऔषध खानालाई खर्च जुटाउन सक्दैनन्’, न्यौपानेले भने–‘घरबाट पैसा चोर्ने । हुँदा हुँदा समाजमा अपराधिक गतिविधिमा सामेल हुने गर्छन् । यसका केहि न्यूनिकरणका उपाय छन् । रोक्न सकिदैन । निक्कै राम्रो सुरक्षा भएको ठाउँ त्रिभून अन्तर्राष्ट्रिय विमानस्थलबाट त लागूऔषध नेपाल भित्रिन्छ । यहाँ झन खुल्ला सीमा नाका छ ।’

उपचार, सचेतना र परामर्श

हाल विराटनगर स्थित लागूऔषध परियोजना अन्तरगत झापाको कार्यक्रम प्रबन्धक समेत रहेका न्यौपानेले लागूऔषध कारोवारीको निगरानी, कारवाही र सेवन कर्ताहरुलाई उपचार, सचेतना र परामर्श दिन आवश्यक रहेको बताए ।

यसको रोकथाम तथा न्यूनिकरणका लागि तीन तहकै सरकारले भारतसँग सहकार्य गरेर योजना बनाउनु पर्ने उनको जोड छ ।
मेचीनगर नगरपालिकाले पनि लागूऔषध तथा सूर्तीजन्य पदार्थ न्यूनिकरणका लागि तीन वर्षे रणनीतिक योजना तयारी गरेको उनले जानकारी दिए ।

रोग हो, घट्दैन बरु बढ्दै जान्छ : अभियन्ता राई

धेरै वर्ष लागूऔषध सेवन गरेर सुध्रिएर अरुलाई सुधार्ने कार्यमा सक्रिय काँकरभिट्टाका सामाजिक युवा नेता अर्जुन राईले लागूऔषधमा विभिन्न कारणले फसेकाहरुलाई रोकथाम गर्न र निको पार्न नसकिने तर न्यूनिकरण गर्न सकिने दावी गरे ।

उनका अनुसार यो एउटा रोग हो, घट्दैन बरु बढ्दै जान्छ । यस क्षेत्रका भुक्तभोगी समेत रहेका राईले लागूऔषध प्रयोगकर्ताहरुलाई सुधार्न आफ्नै नवयात्रा पुनरस्र्थापना केन्द्र झापा सञ्चालन गरिरहेका छन् । उनी त्यसका संस्थापक अध्यक्ष हुन् । उनले सुध्रिएका र अहिलेसम्म सेवन गरिरहेकाहरु ५०÷५० प्रतिशत रहेको बताए ।

पाठ्यक्रममा समावेश गर्नुपर्छ

उनले भने ‘यसको न्यूनिकरणका लागि राज्यले सही नीति बनाउनु पर्छ । त्यसका लागि सरोकारवालाहरुसँग बसेर खुलस्त छलफल गर्नु पर्यो । स्थानीय तहको पाठ्यक्रममा नै यस विषयमा विद्यार्थीले पुस्तक पढ्न पाउनु पर्छ । ड्रग्स के हो, यसको प्रोशेस, ड्रग्सको हामलेश र ड्रग्सबाट कसरी निस्कने लगायतका विषय पाठ्यक्रममा समावेश गर्न सकिए विद्यार्थीहरुले धेरै कुरा बुझ्छन् ।’

गाउँमा गस्ती

राईका अनुसार लागूऔषध सेवन गर्ने, विक्री वितरण गर्नेहरुको निगरानीका लागि स्थानीय समुदायहरुले समूह बनाएर अहिले खोजी गर्न सुरु गरेका छन् । मेचीनगर नगरपालिका–१३ को चारआली, बुद्वशान्ति गाउँपालिका–६ को बुधबारे लगायतका क्षेत्रमा सामाजिक युवा अगुवाहरुले समूह गठन गरेर राति गस्ती गर्न थालेका छन् । यसका लागि राज्यले नै राष्ट्रियस्तरको क्यूआरआरटी टिम बनाएर सबै खुल्ला सीमा नाकामा खटाउनु पर्ने राईको सुझाव छ ।

पछिल्लो समाचार

स्विमिङ पुलमा पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु

अघिल्लो समाचार

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.