

झापा, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर उनी पहिलोपटक सार्वजनिक भएका हुन् ।
उनीसँगै देउवा पत्नी एवम् कांग्रेस नेतृ डा. आरजु राणा देउवा पनि बैठकमा सहभागी भएकी थिइन् ।
भदौ २३ र २४ को जेनजी प्रदर्शनको क्रममा देउवाको घरमा आगजनी गर्नुका साथै देउवा दम्पतीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका उनीहरू त्यसयता स्वास्थ्यलाभ गरिरहेका थिए ।
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएपछि सानेपामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । केन्द्रीय समिति बैठकलाई देउवाले सम्बोधन गरेका थिए । देउवाको सम्बोधनसँगै आजको बैठक स्थगित गरिएको थियो ।
उपचारका लागि विदेश जाने तयारीमा रहेका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । पर्सि बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता खड्काले गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।




Discussion about this post