३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

परिषद् सभा

चारआली खानेपानीले अशक्त उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेड दिने

अशोज ३०, २०८२, १:५५ .बिहिबार
0
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० असोज । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना अशक्त रहेका उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेडको व्यवस्था गर्ने भएको छ ।

विहीबार मेचीनगर–१२ स्थित संस्थाको १७ औँ परिषद् सभामा अध्यक्ष राजन चिमरियाले आगामी कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिरहदा उक्त कुरा बताएका हुन् ।

प्रतिवेदनमा सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिनका लागि आगामी वर्ष अशक्त भई बेडमा बस्नु पर्ने अवस्था भएका यस संस्थाका उपभोक्ताको प्रयोगका लागि हस्पिटल बेड र ह्विलचियरको व्यवस्था गरिने उल्लेख रहेको छ ।

मेचीनगर–११, १२, १३ र १४ नम्बर वडाका ३७१० जना उपभोक्ताहरुले पानी खाइरहेका छन् । संस्थाको क्षमता ३५६८ जना उपभोक्ताका लागि मात्र छ । अझै ९५० जना उपभोक्ताले पानीको माग गरेका छन् । त्यसका लागि संघ र प्रदेशसँग पहल गरिने संस्थाले जनाएको छ ।

सरसफाइ तथा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिइरहेको छ । प्लाष्टिकजन्य झोलाहरु न्यूनिकरण गर्नका लागि प्रत्येक उपभोक्ताको घरमा संस्थाको स्टिकरसहितको ५ केजीको कपडाको बलियो झोला वितरण गरिने, प्राङ्गारिक मल बनाउनका लागि निमित्त कुहिने प्रकुतिको फोहोरहरुलाई संकलन गरेरमल उत्पादन गर्न स्थानीय सरकार, उपभोक्ता र संस्थाको थ्रीपी मोडलमा व्यवस्थापन गरेर फोहोरलाई मोहोरमा रुपान्तरण गरिने, स्वास्थ्य सम्बन्धी विज्ञबाट गोष्ठी तथा अन्तरक्रिया गरिने, हामीले नगरे कस्ले गर्ने, किन नगर्ने भन्ने नारासहित स्वाच्छ वातावरण बनाउन निम, सिरिस, स्वामी, धुपी लगायतका विरुवा रोप्न लगाउने लगायतका आगामी कार्यक्रमहरु रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उपभोक्ता स्वयम्को मृत्यु भएको अवस्थामा मृत्यु भएको महिनाको रकम मिनाह गर्ने र नामसारी गर्दा लाग्ने शुल्क पनि पूर्ण निःशुल्क गर्ने प्रस्ताव समेत प्रतिवेदनमा समावेश गरिएको छ ।

संस्थाले वर्षेनी छाप्दै आएको क्यालेण्डर यसवर्ष नछापेर त्यसको एकलाख २० हजार रुपैयाँले चार वटा वडाका सामुदायिक विद्यालयका प्रत्येक कोठामा पानीको जार, बाटा र बोतल वितरण गरिएको छ ।

त्यस्तै संघिय सरकारबाट छुटिट्एको एक करोड ६० लाख र स्रोत सुनिश्चितता गरी लगभग १५ करोडको क्रमगत बजेटमार्फत थप ४ लाख ५० हजारको नयाँ ओभरहेड ट्याङ्कीसहित ६५ किलोमिटर पाइपलाइन विस्तार गर्ने कामलाई प्राथमिकता दिइएको छ । पाइपलाइनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन भौगोलिक सूचना प्रणाली (जीआइएस) सञ्चालनको प्रयास गरिने बताएको छ ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख शुरतलाल चौधरीले रिमोर्टको स्वीच थिचेर डिजिटल बोर्डबाट परिषद् सभामा उद्घाटन गरेका थिए । प्रमुख अतिथि चौधरीले संस्थाका समस्या र बजेटका लागि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौधरी, इटहरीका ल्याव प्रमुख रमेशकुमार यादव, बुधबारे खानेपानीका उपभोक्ता समितिका अध्यक्ष ध्रुब ओली, चारआली खानेपानकिा सल्लाहकार ओमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा संस्थाका उत्कृष्ट दुई जना कर्मचारी (प्लम्बर) रोशन रिजाल र विनोद घिमिरेलाई जनही १५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै संस्थाका कर्मचारी डम्बर ओझालाई दीर्घसेवा सम्मानबाट पुरस्कृत गरिएको थियो ।

परिषद् सभामा संस्थाका काेषााध्यक्ष साउन मेचेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मैया कार्कीले र सञ्चालन सचिव प्रेमराज घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

देउवा दम्पती सार्वजनिक, कार्यवाहक सभापति खड्का

अघिल्लो समाचार

गौरादहमा माछा मार्ने क्रममा तीन बालिकाको डुवेर मृत्यु

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.