धुलावारी, २८ मंसिर । मेचीनगर लेडी जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा रिता श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
आज धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सचिवालयमा सम्पन्न १२ औं बार्षिक साधारण सभा तथा शाखा अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।
सभाले कार्यकारिणी उपाध्यक्षमा सर्मिला दाहाल तिम्सिना र नविना डाँगी, उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरे चयन भएका छन् । महासचिव, कोषाध्यक्ष, तालिम संयोजक लगायतका पदहरु अध्यक्षले पछि मनोनित गर्नेछन् ।
सभा वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै जना अध्यक्षहरु काँकरभिट्टा निवासी हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एनएमसीकी अधिकृतस्तरकी कर्मचारी समेत हुन् ।




Discussion about this post