मेचीनगर, २८ मंसिर । मागुरमाडी सामुदायिक वन समूह विट नं.१ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार युवराज रेग्मी निर्वाचित भएका छन् ।
मेचीनगर–९ स्थीत सामुदायिक वनको नयाँ कार्यासमिति चयनका लागि शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा रेग्मी निर्वाचित भएको निर्वाचन समितिका संयोजक युवराज कटुवालले जानकारी दिए ।
उनले अध्यक्षमा २७७ मत ल्यायी विजयी भएका थिए । रेग्मी कांग्रेसका कट्टर भएपनि टिकट नदिएपछि स्वतन्त्र रुपमा बागी उम्मेद्वार भएर मैदानमा उत्रिएका थिए । अध्यक्षमा काँग्रेसकै उम्मेद्वार पुण्य आचार्यले २५५ मत मात्र प्राप्त गरे ।
त्यस्तै अर्का अध्यक्षका नेकपा एमालेका उम्मेद्वार दिलिप शंकरले १५४, रास्वपाका उम्मेद्वार लोकनाथ काफ्लेले १६९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एमालेका भोलाकाजी दाहालले ४०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धीहरु काँग्रेसका चन्द्र किसानले ३८० र रास्वपाका उम्मेद्वार टेकबहादुर लामिछानेले ५७ मत प्राप्त गरे ।
यस्तै सचिवमा एमालेका उम्मेद्वार देविका चापागाई ४२९ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी काँग्रेसका निशा लिम्बुले ३६५ मत मात्र प्राप्त गरिन् ।
कोषाध्यक्षमा एमालेका शान्ता डाँगीले ४१८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पधीहरु काँग्रेसका उम्मेद्वार मनिता उप्रेतीले २८३ र रास्वपाका उम्मेद्वार शोभा बिष्टले ९६ मत प्राप्त गरिन् ।
यसैगरी सहसचिवमा काँग्रेसका दुर्गादेवी बानियाँ ३६७ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरु एमालेकी विमला पाठकले २७८ र रास्वपाकी तुलसा खातीले १२४ मत मात्र ल्याए ।
कार्यसमितिको सदस्यहरुमा कृष्णकुमार बस्नेत, कृष्णमाया खड्का, सोमराज बस्नेत, रिता लिखिम्बा लिम्बु, माया निरौला, रामबहादुर
महत, पूर्णबहादुर राउत, दिलकुमारी तामाङ, संगीता दनुवार, अभिमाया सदिम्बा राई निर्वाचित भएको संयोजक कटुवालले बताए ।
एक हजार ४६० जना मतदाता मध्ये एक हजार २ जनाले मतदान गरेका थिए ।




Discussion about this post