झापा, ७ पुस । नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले मेचीनगरका दुई जना युवा अभियन्ता कार्यसमितिमा निर्वाचित भएका छन ।
सोमबार जनकपुरमा सम्पन्न जेसीजको महाधिवेशनबाट सन २०२६ का लागि मेचीनगरका योगेश राजबंशी कार्यकारीणी उपाध्यक्ष र देबु बानियाँ उपाध्यक्ष पदमा विजयी भएका हुन् ।
राजबंशी धुलाबारी जेसीजका पूर्व अध्यक्ष र बानियाँ बाहुनडाँगी जेसीजको पूर्व अध्यक्ष हुन् ।
महाधिवेशनले जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की, कार्यकारीणी उपाध्यक्षहरुमा राजबंशीसहित विकेसलाल श्रेष्ठ, सपना पौडेल भण्डारी र नवराज उपाध्याय विजयी भएका छन् ।
यसैगरी उपाध्यक्षहरुमा बानियाँसहित विरता लेडी जेसीजकी मेनुका ओली, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, रुपकबहादुर बिष्ट, सन्दिप भुषाल, आरोग्य श्रेष्ठ, अनिष भट्टराई, दिपेस वराइली, अमन महर्जन र खगेन्द्र भण्डारी विजयी भए ।
जेसीजको महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहाकार लगायतका पदहरु अध्यक्षले पछि मनोनित गर्ने छन् ।




Discussion about this post