झापा, ३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा अत्यधिक मतसहित निर्वाचित भएका छन् ।
चुनावी मत परिणाम यस्ताे आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत ल्याउन सकेनन् ।
महासचिवमा राम्रै प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सय भन्दा बढी मतले विजयी भएका छन् ।
ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले विजयी भएका छन् ।
१९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।
अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिव, लेखराज भट्ट,
रघुवीर महासेठ र योगेश भट्टराई छन् ।
सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र
भानुभक्त ढकाल रहेका छन् ।




Discussion about this post