मेचीनगर, २ पुस । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूकाे संस्था पूर्व क्षितिज अपाङ्ग सेवा संघका पदाधिकारीलाई क्षमता विकास तालिम दिएकाे छ ।
विहीबार सम्म सञ्चालन हुने तालिममा संघका २५ जना भन्दा बढी पदाधिकारी तथा सदस्यहरूलाई उक्त तालिम दिइरहेकाे छ ।
सहभागीलाई राष्ट्रिय अपाङ्ग महासंघ अध्यक्ष नविनचन्द ढुंगेलले प्रशिक्षण दिइरहेका छन् ।
उनले अपाङ्गता भएका व्यक्ति, संघ, महासंघ र स्थानीय सरकारसँग कसरी कानुनी तथा सामाजिक रूपले सहकार्य र समन्वय गरेर काम गर्ने लगायतका विषयमा छलफल गरेका छन् ।
बुधबार औपचारिक रूपमा सुरू भएको तालिमकाे उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विरष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रशिक्षक ढुंगेल, पूर्व क्षितिज अपाङ्ग सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागतसहित कार्यक्रमकाे औचित्यमाथि प्रकाश करूणा फाउन्डेसन नेपालका नगर संयाेजक पदम बराइलीले गरेका थिए ।
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूकाे सामुहिक प्रयासबाट नगरपालिकाले सहकारी खाेल्ने अनुमति दिएर काम गरिरहेकाे छ ।
अपाङ्ग राेकथाम तथा पुनःस्थापन कार्यक्रम अन्तरगत दुई दिवसीय तालिमकाे सहजीकरण नगरपालिकाकाे महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।




Discussion about this post