मेचीनगर, २९ मंसिर । प्याव्सन मेचीनगरको आयोजनामा भएको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारी स्थित पासाङ्ल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्याव्सन मेचीनगर अन्तर्गत रहेका अधिकांश विद्यालय सहभागी बनेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै संस्कृतिक नृत्यतर्फ हिमालयन इङ्लिस एकाडेमीले उपाधि जित्यो । सो प्रतियोगितामा पारिजात इङ्लिस स्कूल दोस्रो बन्यो भने तेस्रो पुरस्कार सेन्टपल्स एकाडेमीले हात पार्याे ।
त्यसैगरी शास्त्रीय नृत्य विद्यामा लोहोत्से इङ्लिस स्कूल प्रथम, कन्भेन्ट इङ्लिस स्कूल दोस्रो र हिमालयन इङ्लिस एकाडेमी तेस्रो भयो ।
प्लस टु का विद्यार्थीहरुको गायन विद्यातर्फ होलिबेल प्रथम, हिमालयन एकाडेमी दोस्रो घोषित भए ।
१२ वर्ष माथिका विद्यार्थीहरुको गायन विद्यामा हिमालयन इङ्लिस एकाडेमी प्रथम, तारापुञ्ज दोस्रो र होलिबेल इङ्लिस स्कूलले तेस्रो पुरस्कार हात पार्याे ।
त्यसैगरी १२ वर्ष मुनिका विद्यार्थीहरुको प्रतिष्पर्धामा लोहोत्से इङ्लिस स्कूल प्रथम, सेन्टपल्स एकाडेमी दोस्रो र होलिबेल तेस्रो भयो । कार्यक्रममामा उत्कृष्ट बनेका विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्याव्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्रीको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेपाली परम्परा र संस्कृतिको संरक्षणमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । सोही अवसरमा प्याव्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की, सल्लाकार हिम्मत क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्याव्सनले एसईई परीक्षा २०८१ मा उत्कृष्ट जीपिए ल्याउने विद्यार्थी, उत्कृष्ट कर्मचारी, शिक्षक, संस्थापक प्रिन्सपलहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी प्याव्सनले मेचीनगर नगरपालिका शिक्षा शाखामा धेरै वर्ष कार्यरतरही हालै अवकास भएका लोकबहादु दाहाललाई सम्मान गरेको थियो ।
प्याव्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विमल पौडेलले गरेका थिए ।




Discussion about this post