बिर्तामोड, ८ पुस । विश्वस्तरीय शिक्षालाई थप मजवुद बनाउने उदेश्यले थक्षशिला प्राेग्रेसिभ इङ्लिस स्कुलले अन्तर्राष्ट्रिय एउटा संस्थासँग सहमति गरेकाे छ ।
स्कुलले साेमबार नेपालकाे आधिकारिक राष्ट्रिय सञ्चालक द ड्युक अफ एडिनवर्ग्स इन्टरनेशनल अवार्ड फाउन्डेसनसँग सम्झाैता गरेकाे हाे ।
स्कुलकाे तर्फबाट एडेमिक डाइरेक्टर भिक्टर इग्मेसियस जाेसेफ र फाउन्डेसनका तर्फबाट नेशनल चेयर देवराज घिमिरेले सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम सञ्चालन गर्न, शिक्षाप्रति स्कुललाई थप सुदृढका लागि मार्ग प्रशस्त भएको छ । काेशी प्रदेशमा नै परिचित स्कुलले सम्झौता गरेसँगै पूर्वी नेपालकाे अग्रणी शिक्षण संस्थाकाे रूपमा स्थापित हुनेछ ।
बेलायतकाे शाही संरक्षणमा स्थापित फाउन्डेसनकाे विश्वका १३० वटा भन्दा बढी देशहरूमा सञ्चालन भइरहेकाे छ । फाउन्डेसनले सञ्चालन गरेकाे विश्व कै प्रतिष्ठित युवा विकास कार्यक्रम मानिन्छ ।
शिक्षाकाे समग्र तथा अनुभवमा आधारित सिकाईमा केन्द्रीत यश कार्यक्रमले विद्यार्थीकाे नेतृत्व क्षमता, आत्मअनुशासन, सहनशीलता, टाेलीगत कार्यक्षमता, आत्मविश्वास, सामाजिक उत्तरदायित्व विकास लगायतमा याेगदान पुर्याउदै आएको छ ।
यस्तै, सामाजिक जीवनका चुनाैतिहरू सामना गर्न, उच्च शिक्षा हासिल गर्न, अन्तर्राष्ट्रिय करियर सक्षम बनाउने लक्ष्य रहेकाे छ । उक्त कार्यक्रममा चारवटा प्रमुख लक्ष्य सीप विकास, शारीरिक गतिविधि, स्वैच्छिक सेवा तथा साहसिक यात्रा संरक्षित रहेकाे छ ।
जिम्मेवार, सक्षम र विश्व नागरिक उत्पादन गर्ने स्कुलकाे दृष्टिकोण पूर्णरूपमा मेल खाने भएकोले साझेदारीले विद्यार्थीहरूलाई आत्मविश्वासी नेता तथा सक्रिय विश्व नागरिकका रूपमा विकास गर्न मद्दत गर्नेछ । जसले गर्दा एकआपसकाे सहमतीलाई सफलतामा लान हाैसला प्रदान गर्ने छ ।




Discussion about this post