मेचीनगर, ८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन जनाको नाम सिफारिस गरेको छ ।
राप्रपाका क्षेत्रीय सभापति एवम् केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काको अध्यक्षतामा मंगलबार बसेको वैठकले तीन जनाको नाम सिफारिस गरेको छ ।
झापा–१ बाट नरेन्द्रकुमार खड्का, असोक सुब्बा र हेमराज कार्कीको नाम सिफारिस भएको हो ।
पार्टीले क्षेत्रीय समितिहरुलाई उमेद्वारको नाम सिफारिस गर्न देशभरी सर्कुलर गरेको थियो । सोही आधारमा क्षेत्रीय समितिले आज ३ जनाको नाम सिफारिस गरेको थियो ।
यसैगरी आजै बसेको क्षेत्रीय समितिको बैठकले समानुपातिकतर्फ दिपेश राई (गोरे), लक्ष्मण खत्री, बाबुराम पराजुली र शुभद्रा अधिकारीको नाम पनि सिफारिस गरेको छ ।
उक्त नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्नेछ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि चुनाव हुँदैछ ।




Discussion about this post