मेचीनगर, १० पुस । मानवसेवा आश्रम झापा शाखाले आज एक कार्यक्रमबिच प्रगति विवरणसहित आय-व्यय सार्वजनिक गरेको छ ।
मेचीनगर-४, आमडाँगी स्थित शाखाले विहीबार २०८१/८२ काे वार्षिक प्रगतिसहित आर्थिक विवरण सार्वजनिक गरेको हो ।
आश्रमले २०८१ मंसिर २३ गतेदेखि झापा शाखा सञ्चालन गर्दै आएको छ । यहाँको आश्रम १७ औँ शाखा हो ।
कार्यक्रममा एक वर्षको अवधिमा आश्रमले गरेका गतिविधि, सेवा प्रवाह र आर्थिक अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
शाखाकाे सञ्चालनमा ५४ लाख ६९ हजार ५५७ रुपैयाँ सेवा आम्दानी, ५४ लाख ८१ हजार ९१५ रुपैयाँ कुल खर्च भएको छ ।
त्यस्तै पूँजीगततर्फ ३२ लाख ६६ हजार ३४८ रुपैयाँ आम्दानी भएको छ । शाखाको कुल सम्पत्ति २ करोड २६ लाख ७१ हजार ११८ रुपैयाँ रहेकाे बताइएकाे छ ।
शाखाको अक्षयकोषमा २ लाख ५२ हजार ८ सय ८० रुपैयाँ, नगद मौज्दात २१ हजार १८९ रुपैयाँ, बैंक मौज्दात ९ लाख २७ हजार ११३ रुपैयाँ रहेको छ ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका सहायक जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं,
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, पत्रकार चन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
आश्रमकाे भवन निर्माणका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधानले २ विघा ५ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए ।
झापा शाखाले हालसम्म १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ । हाल ७२ जना आश्रित आश्रमकाे संरक्षणमा रहेका छन् ।




Discussion about this post