दुहागढी, २३ पुस । बाल सुबाेधिनि माध्यमिक विद्यालयले शाेभा सुवेदी काेइरालालाई ´वर्ष उत्कृष्ट आमा सम्मान` गरेकाे छ ।
बुधबार मेचीनगर-१४ काे सुबाेधिनि विद्यालय परिसरमा आयाेजित आमा भेला कार्यक्रममा शाेभालाई सम्मान गरेकाे हाे ।
सम्मानित आमा शाेभाकी छाेरी दिपशिखा काेइराला कक्षा २ मा अध्ययनरत छिन् । विद्यालयले अध्ययनरत कक्षा-५ सम्म उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीका आमालाई हरेक वर्ष उत्कृष्ट आमा सम्मान गर्दै आएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले सन्तानकाे पहिलाे पाठशाला आमा भएकाे बताइन् ।
उनका अनुसार सन्तानकाे शैक्षिक, चारीत्रिक र सर्वाङ्गिण विकासमा आमाहरूकाे भूमिका निक्कै महत्वपूर्ण हुनेछ । उनले यस्ता क्रियाकलापले विद्यालय र अभिभावकबीचकाे सम्बन्धलाई प्रगाढ बनाउन बताइन् ।
विद्यालयकाे शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउन अभिभावकहरूकाे पनि भूमिका उतिकै हुने उप्रेतीकाे भनाई थियाे । उनले हरेक अभिभावकहरूले आफ्ना सन्तानकाे विद्यालय, पढाईप्रतिकाे रुचि के कस्ताे छ, त्यसप्रति गम्भीर बन्नु पर्नेमा जाेड दिइन् ।
नगरमा नमूनाकाे रूपमा रहेकाे बाल सुबाेधिनी माविले शैक्षिकस्तर सुधार , गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन समिति, शिक्षकहरूकाे चिन्तन, अभिभावकहरू मनन्, कर्मचारीहरूकाे इमान र विद्यार्थीहरूकाे अनुशासन अपरिहार्य रहेकाे उप्रेतीले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बा, विद्यालय व्यवस्थापन समिति सदस्य अनिल ढुंगाना, खगेन्द्र सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रधानाध्यापक विश्व थापाले कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पारेका थिए । सोही अवसरमा विद्यालयले विद्यार्थीहरूकाे नतिजा प्रकाशन समेत गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशीकाे अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य पुष्पा गाैतम खनालले र सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।




Discussion about this post