
झापा, २३ पुस । नेपाल जेसीजमा विजेता बनेका झापाका चार जना युवा जेसीहरूलाई सम्मान गरिएको छ ।
जनकपुरमा हालै सम्पन्न ५२ औं राष्ट्रिय महाधिवेशनमा झापाको प्रतिनिधित्व गर्दै विजेता हुने राष्ट्रिय पदाधीकारीहरुलाई बुधबार बिर्तामोडमा एक कार्यक्रमका बीच सम्मान गरिएको हाे ।
पूर्व अध्यक्ष समाज झापाले जेसीजका कार्यकारीणी उपाध्यक्ष धुलाबारी जेसीजबाट योगेश राजबंसी, उपाध्यक्षद्वय बाहुनडाँगी जेसीजका देबु बानियाँ , विरता लेडी जेसीजकी मेनुका ओली र कोषाध्यक्ष चारआली जेसीजका सुजुप सुवेदीलाई सम्मान गरिएको थियो ।
विरता जेसीजका संस्थापक अध्यक्ष सिनेटर गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा, सल्लाहकार कुमारामणि पोखरेल, कार्यकारीणी उपाध्यक्ष राजबंसी, उपाध्यक्ष बानियाँ, ओली, कोषाध्यक्ष सुवेदी, गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका झापा अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत बिष्णु रिमालले र सञ्चालन सचिव प्रकाश भण्डारीले गरेका थिए ।




Discussion about this post