झापा, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरुको पार्टी नभई जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।
आइतबार काठमाडौं स्थित भृकुटी मण्डपमा आयोजना भएको पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन’ र जिउँदो कांग्रेसले समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
‘तपाईंहरूले जति गर्नु भएको छ,’ थापाले भने–‘तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन ।’ यसैगरी कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २३ भदौमा जेनजी आन्दोलनमा नवयुवाहरूको मृत्यु दुर्भाग्यपूर्ण भएको बताए ।
उनले भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन्’ र निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरे ।’
शर्माले जेनजीको जिम्मा उनीहरूको सहभागितासम्म सीमित हुनुपर्ने र दोषारोपण नहुनुपर्ने बताए ।
२३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पथ्र्यो होला र ?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलि पल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’ उनले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष रूपमा छानबिन गर्नु पर्ने बताए ।




Discussion about this post