१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मिडिया कप

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ पुस । काँकरभिट्टामा आयोजित मिडिया कपको उपाधि दार्जिलिङको तराइ प्रेस क्लबले हात पारेको छ ।

प्रेस क्लब मेचीनगरले आयोजना गरेको दुई दिवसीय ‘इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप’को आज काँकरभिट्टा खेल मैदानमा सम्पन्न फाइनल खेलमा तराइ प्रेस क्लब मिरिक (दार्जिलिङ) ले उपाधि जितेको हो ।

दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै मिरिक च्याम्पियन बनेको थियो । खेलको दोस्रो हाफको ३२ औँ मिनेटमा मिरिकका प्रवेश भुजेलले एक गोल गरेर खाता खोलेका थिए । लगत्तै खेलको ४४ औँ मिनेटमा दावा लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

उसले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता भद्रपुरले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद एक हजार एकसय प्राप्त गरे ।

प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल, उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत घोषित भए ।

प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा विजेता मिरिकका प्रवेश भुजेल पुरस्कृत भए । विधागतरुपमा उत्कृष्ट घोषित सबै खेलाडी जनही नगद एक हजार ५ सयसहित ट्रफी तथा प्रदान गरिएको थियो ।

प्रतियोगितामा भारतका २ वटा र झापाका ६ वटासहित ८ वटा प्रेस क्लबहरुको सहभागिता रहेको थियो । विजेता र उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बुढाथोकीले नेपाल र भारतबीचको यो मिडिया कपले दुवै देशलाई सकारात्मक सन्देश प्रवाह होस् भन्ने कामना गरेका थिए । यो खेलले पर्यटनमा विकास, भाषा, संस्कृति र भारतसँगको सम्बन्ध अझ बलियो हुनेमा आशावादी रहेको उनको भनाई छ ।

कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा यस्तो खालको खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुर्याउने बताए ।

उक्त प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका तथा प्रायोजकका रुपमा होटल मेची क्राउन र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारी रहेको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष एवम् खेल संयोजक खगेन्द्र घिमिरेले र सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

अघिल्लो समाचार

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.