मेचीनगर, ३० पुस । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान र नेपालका व्यवसायीहरुले कृषिका अर्गानिक लगायतका उत्पादनको सामग्री स्टलले ‘तरुल उत्सव’को रौनक झन बढाएको छ ।
बुधबारदेखि सुरु भएको चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’ को उद्घाटन भर्खरै कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री भएका झापाका चिन्तन पाठकले गरेका थिए । उनले ग्रामिण पर्यटन प्रर्वद्धन र हात्तीको समस्या दिगो समाधान हुने गरी अहिलेको सरकारले काम दावी गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाठक, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा आयोजकले वरिष्ठ संगीतकार चन्दन रम्देल र डिजी बराइलीलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
सांस्कृतिक कार्यक्रममा गायक डा. टीका भण्डारी, कमलीकान्त भेटवाल, भानुभक्त ढकाल लगायतले गीतहरु गाउँदा दर्शकहरु झुमिएका थिए ।
‘तरुल उत्सव’ विहीबार सम्म सञ्चालन हुनेछ । भारत, भूटान र नेपालका व्यवसायीहरुले स्टलमा राखेका कृषिका अर्गानिक लगायतका उत्पादनको सामग्रीले उत्सवलाई छुट्टै रौनक दिएको छ । व्यापार पनि राम्रै भइरहेको आयोजक समितिको भनाई छ ।
आयोजक चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’ का अध्यक्ष एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले कार्यक्रमको स्वागतसहित औचित्यमाचि प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण आयोजक समितिका सचिव निरज घिमिरे तथा सदस्यद्वय पुस्कर ढकाल र मञ्जिल देवानले गरेका थिए ।




Discussion about this post