झापा, १ माघ । बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता दुई दिने हुनेछ ।
आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र ४ गते हुनेछ भने मिसन झापाले सञ्चालन गर्नेछ ।
प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिए ।
सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले नगद ३५ हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।
त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, बलर र विकेटकिपरले ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष झाले जानकारी दिए ।




Discussion about this post