



मेचीनगर, २ माघ । झापा क्षेत्र नं.१ काे निर्वाचन अधिकृतकाे कार्यालय आजदेखि मेचीनगर नगरपालिकामा सुरू भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे चुनावका लागि मेचीनगरमा झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय सञ्चालनमा आएको हाे ।
निर्वाचन अधिकृत गाेपी विश्वकर्मा र सहायक निर्वाचन अधिकृत टेकबहादुर श्रेष्ठसहित ९ जना कर्मचारी निर्वाचन गराउँन खटिएका छन् ।
प्रतिनिधि सभा सदस्य ऐन, २०७४ काे दफा ७ बमाेजिम देहाय अनुसार निर्वाचन कार्यक्रमकाे तालिका सार्वजनिक गरिएको छ ।
माघ ६ गते १० वजेदेखि ५ वजेसम्म उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने, साेही दिन बेलुका ५ वजेदेखि ७ वजेसम्म मनाेनयन दर्ता भएको उम्मेदवारकाे नामावलीकाे सूची प्रकाशन गर्ने, माघ ७ गते १० वजेदेखि दिउँसो ३ वजेसम्म उम्मेदवारकाे विराेधमा उजुरी दिने, माघ ७ र ८ गते मनाेनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, माघ ८ गते ५ वजेदेखि ७ वजेसम्म उम्मेदवारकाे नामावली प्रकाशन गर्ने, माघ ९ गते विहान १० वजेदेखि दिउँसो १ वजेसम्म उम्मेदवारकाे नाम फिर्ता लिने, माघ ९ गते दिउँसो १ वजेदेखि ३ वजेसम्म उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने, माघ ९ गते दिउँसो ४ वजेदेखि ७ वजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेकाे छ ।
फागुन २१ गते विहान ७ वजेदेखि ५ वजेसम्म मतदान गर्ने तालिका रहेकाे निर्वाचन अधिकृत विश्वकर्माले जानकारी दिए ।
झापा-१ मा १४५ वटा मतदान केन्द्र रहेकाे छ ।
आजै कार्यालय सञ्चालनसँगै नगरका राजनीति दलका प्रमुखहरूसँग भेटघाट पनि गरेकाे सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताए ।




Discussion about this post