

काँकरभिट्टा, ३ चैत । नकलबन्दादेखि भारत लादैं गरेकाे १२ वटा गाई मेची खाेलाकाे बगरबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नकलबन्दा प्रहरी चाैकी र सशस्त्र प्रहरी वीओपीकाे संयुक्त टाेलीले मंगलबार दशगजाबाट २ वटा गाई र १० वटा बाँछा नियन्त्रणमा लिएकाे हाे ।
समाचार प्रभाव
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी निमेष चापागाईं र सशस्त्र सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी विकास थापा मगरले संयुक्त गस्ती टाेलीले आज विहान ६ वजे काली मन्दिर छेउ दशगजाबाट २ वटा गाई र १० वटा बाँछा नियन्त्रणमा लिएकाे जानकारी दिए ।
नियन्त्रणमा लिएका गाई र बाँछा मेची भन्सार कार्यालय बुझाइने उनले बताए ।
उनले उता भारत पट्टि पनि भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले ५ वटा गाई नियन्त्रणमा लिएकाे बताए ।




Discussion about this post