मेचीनगर, ८ चैत । झापामा बर्डफ्लू देखा परेकाे छ ।
दमक नगरपालिका र झापा गाउँपालिकामा बर्डफ्लू देखा परेकाे हाे ।
जिल्ला भेटेनरी अस्पता झापा प्रमुख शितल भट्टराईले दमक-१० र झापा-७ मा बर्डफ्लू देखा परेकाे जानकारी दिइन् ।
उनका अनुसार आज साेही विषयमा जाँचबुझ गर्न काेशी प्रदेश सरकारकाे रेपिड रेस्पाेन्स टिम आउने भएका छन् ।
दमककाे वडा नम्बर १० र झापाकाे वडा नम्बर ७ काे एक, एक वडा व्यवसायीकाे कुखुरा फार्ममम उक्त राेग देखा परेकाे छ ।
भट्टराईले दमककाे परिक्षण गर्दा हाइली प्याथाेजेनिक र झापामा लाेप्याथाेजेनिक देखा परेकाे बताइन् ।
प्रदेश टाेलीले जाँचबुझ गरेपछि थप विस्तृत जानकारी बेलुका सम्ममा आउने छ ।




Discussion about this post