झापा, २४ साउन । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
अविलम्ब फिर्ता नलिए चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय फिर्ता लिन माग गरिएको छ । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालसहितको टोलीले पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईलाई निर्णय फिर्ता लिन माग पत्र बुझाएको छ ।
पत्रकार महासंघले १८ गते सफाई पाइसकेको व्यक्तिका बारेमा निलम्बनका लागि सिफारिस गर्नु राजनीतिक पूर्वाग्रह राखेको चौतारीको ठहर छ ।
माग पत्रमा भनिएको छ, साउन २२ गते बसेको नेपाल पत्रकार महासघं झापा शाखाको बैठकले प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाका सदस्य तथा माईपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले नेपाल पत्रकार महासघंले जारी गरेको विज्ञप्तिमा कानुन विपरित अपराधी करार गर्दै सदस्यता निलम्बन गर्न नेपाल पत्रकार महासंघ प्रदेश १ समितिलाई सिफारिस गरेको निर्णयप्रति चौतारीले यसअघि नै प्रेस विज्ञप्ती जारी गर्दैै ध्यानाकर्षण गराइसकेको छ ।
साउन १८ गते पत्रकार पराजुलीले सम्बन्धीत निकायबाट सफाई पाइसकेपछि साउन २२ गते पूर्वाग्रहपूर्ण ढंगबाट निलम्बनका लागि सिफारिस गरिएको हाम्रो ठहर छ । महासंघसँग यसै ध्यानाकर्षण पत्रमार्फत निम्न माग राख्दछौँ । हाम्रो मागमाथि वेवास्था गरिएमा चौतारी चरणवद्ध आन्दोलनमा उत्रने जानकारी समेत गराउँदछौँ ।
चौतारीले दमक–५ निवासी पत्रकार भूमिराज पराजुलीको सदस्यता निलम्बनका लागि गरिएको सिफारिस फिर्ता गरेको निर्णय प्रेस विज्ञप्ति मार्फत अविलम्ब सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।
Discussion about this post