मेचीनगर, २५ भदौ । प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले व्यवसायीलाई धम्काएर चन्दा माग्ने होइन भोट माग्न आग्रह गरेका छन् ।
शनिबार मेचीनगर–११ स्थित बाँसवारी सामुदायिक वनमा आयोजित नेपाल कुचो व्यवसायी संघ केन्द्रीय कार्यालयको छैठौँ वार्षिक साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।
‘चुनामा उठ्ने नेताले व्यवसायी र आम मतदातासँग भोट माग्ने हो’, प्रमुख अतिथि समेत रहेका सांसद मैनालीले भने–‘ धम्काएर चन्दा माग्ने होइन ।’
चुनावका बेला गाडी र मोटरसाइकलमा पेट्रोल हाल्दिएर, दिउसो खाना खुवाएर र साँझ जलपान गराएर नेताले चुनाव नजित्ने उनको दावी छ । उनका अनुसार नेताले चुनाव जित्न आचरण सुधारे पुग्छ । व्यवसायी र संघ–संस्थाका जिम्मेवार व्यक्तिले राजनीतिक नगर्न समेत सांसद मैनालीको आग्रह छ ।
कार्यक्रममा प्रमुख अतिथि मैनाली, मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कुचो व्यवसायी पन्नालाल जैन, इलामका कुचो व्यवसायी खड्ग बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कुचो व्यवसायीहरुले गैरभन्सार कर तथा मेचीनगर नगरपालिकाले सरसफाइका नाम लिइने कर हटाउन माग गरे । उनीहरुले व्यवसाय सञ्चालनको वातावरण बनाउने दायित्व सरकारको भएको पनि उल्लेख गरे ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कुचो व्यवसायी पन्नालाल जैन, इलामका कुचो व्यवसायी खड्ग बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लामो समयदेखि धुलाबारीमा कुचोको व्यवसाय गर्दै आएका रामचन्द्र चौधरी, प्रदिप गुप्ता लगायतको आतिथ्यता रहेको थियो । धुलाबारीमा ९० प्रतिशत कुचोको व्यवसाय हुने गरेको छ । धुलाबारीमा २०३० सालदेखि कुचोको व्यवसाय हुँदै आएको छ । कुचो व्यवसायी संघका अध्यक्ष तेजराज (तेजु) प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव कृष्ण कनालले गरेका थिए ।
Discussion about this post