१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अनेमसंघ झापा : १३ बुँदे विशेष प्रस्ताव पारित

भदौ २७, २०७९, ७:४१ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नवौँ झापा जिल्ला सम्मेलनले १३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ ।

सोमबार बिर्तामोड स्थित नेकपा एमाले पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा अनेमसंघकी अध्यक्ष पवित्रा पाठकसहितको नेतृहरुले सो जानकारी गराएका हुन् ।

१५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दा सम्भव भएसम्म सबै क्षेत्र, वर्ग र तह–तप्काको उचित प्रतिनिधित्व गराइएको जनाउँदै अध्यक्ष पाठकले भनिन्, ‘सम्मेलनको उद्घाटन, बन्दसत्रमा छलफलपछि नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गरेपछि मातृ पार्टीको बैठकहरु चलिरहेकाले हाम्रो नेतृत्व चयनमा ढिलाई भएको हो ।’

गत भदौ ४ गते अनेमसंघको नवौं झापा जिल्ला सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
अनेमसंघको १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्न ८ वटा नगरपालिकाबाट ८÷८ जना, ७ वटा गाउँपालिकाबाट ५÷५ जना, ५ वटा संघीय निर्वाचन क्षेत्रबाट ५÷५ जना, आदिवासी जनजातिबाट १० जना, दलितबाट ५ जना, युवाबाट ४ जना, मधेशीबाट २ जना र

मुस्लिमबाट १ जनाको प्रतिनिधित्व गराएको अध्यक्ष पाठकले बताइन् । बाँकी सदस्य वैठकबाट मनोनित गरिने जनाइएको छ ।
सो सम्मेलनले विभिन्न १३ बुँदे प्रस्तावहरु पास गरेको छ ।

यस्ता छन् प्रस्तावहरु :

१) यो सम्मेलनले महिला विरुद्धका सम्पूर्ण अपराधहरुलाई शून्य सहनशीलता कायम गर्दै न्याय स्थापित गर्न सरकारसँग जोडदार माग गर्दछ ।

२) आगामी मंसीर ४ गते हुन गइरहेको संघीय निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधि सभाबाट पार्टीको बहुमत प्राप्त गरी पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बहुमतसहित भावी प्रधानमन्त्रीको रुपमा लैजाने नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयलाई यो सम्मेलनले स्वागत गर्दछ ।

३) जनसंख्याको आधारमा महिलाहरुको सम्पूर्ण अधिकार सुनिश्चित गरी कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।

४) यही मंसीर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा सिंगो जनसंख्याको आधारमा कम्तीमा ५० प्रतिशत महिलाहरुको उम्मेद्वारीको सुनिश्चित गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउँदै प्रत्यक्ष र समानुपातिकमा ५० प्रतिशत उम्मेद्वारी चयन गर्न जोडदार माग गर्दछ ।

५) परमादेशी वर्तमान सरकारले गठबन्धनको नाममा स्थानीय निर्वाचनमा संविधानको भावना र मर्म विपरीत प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष हुने अधिकारलाई हनन् गर्दै महिला माथि गरिएको कुठाराघातको यो सम्मेलन घोर भत्र्सना र खेद प्रकट गर्दछ ।

६) देशमा विद्यमान आर्थिक संकटलाई अन्त्य गर्न विश्वव्यापी आर्थिक मन्दीलाई मध्यनजर गर्दै उपयुक्त कदम चाल्न यो सम्मेलन जोडदार माग गर्दछ ।

७) राष्ट्र हित विपरीत परमादेशी गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक महामहीम राष्ट्रपति ज्यूबाट पुनः विचार अध्ययनको लागि सदनमा फिर्ता पठाएकोमा स्वागत गर्दै पुनः विचार गर्न पठाइएको विधेयकमाथि छलफल तथा परिमार्जन नगरी हँचुवाको भरमा संसदबाट पास गर्ने कार्यको यो सम्मेलन घोर भत्र्सना गर्दछ ।

८) छिमेकी मित्रराष्ट्र भारतको राष्ट्रपतिजस्तो गरिमामय पदमा पिछडिएको समुदायबाट उच्च सम्मान गर्दै निर्वाचित हुनु भएकोमा यो सम्मेलन महामहिम राष्ट्रपति द्रौपदी मुर्मुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

९) यो सम्मेलन आर्थिक समृद्धि र सामाजिक न्यायसहितको महिला मुक्ती आन्दोलनको उद्देश्य प्राप्तिका लागि टोलटोलमा संगठन, घरघरमा सदस्यता वितरणको अभियानलाई व्यवस्थित र सुदृढ गर्ने कार्यलाई निरन्तरता दिन प्रतिवद्धता जाहेर गर्दछ ।

१०) नेकपा (एमाले)का अध्यक्ष श्रद्धेय कमरेड केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा नेपालको पुरानो नक्सा लिपुलेक, लिम्पियाधुरा, कालापानी समावेश गरिएका नेपालको नक्सा दुवै सदनबाट सर्वसम्मत पारित भई नक्सा निर्माण भएको अवस्था हुँदा सो नक्सा बमोजिमको जमिन फिर्ता गराई देशका विभिन्न क्षेत्रका सिमाना मिच्ने कार्य भइरहेकोमा तत्काल देशको सिमाना सुरक्षाको प्रवद्र्धन गर्न र चुच्चे नक्सा कार्यान्वयन गर्न यो सम्मेलन सरकारसँग आग्रह गर्दछ ।

११) नेपालबाट भारतमा निकासी हुने नगदेबालीहरु चिया, सुपारी, अलैंची, कुचो लगायतमा भारत सरकारले आयात बन्द गरेर नेपाली मजदुर, किसान, श्रमिक वर्ग तथा व्यापारी वर्गमा दुःख हैरानी दिने र आर्थिक तथा रोजगारीको समस्या उत्पन्न गराएको तर्फ सरकारको ध्याकार्षण गराउँदै तत्काल समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१२) भारतसँग सिमाना जोडिएका झापाका विभिन्न पालिकाहरुमा भारतीय हात्तीको बढ्दो आतंक रोक्न, झापामा बढ्दो फोहोरमैला व्यवस्थापनको समस्याको उचित व्यवस्थापन गर्न, जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न प्राकृतिक विपतहरुको व्यवस्थापन गर्न, जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सम्बन्धित सरोकारवाला निकाय मार्फत सरकारसँग आग्रह गर्दछ ।

१३) आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आम मतदाताहरुलाई निर्धक्कसँग मतदान गर्न आह्वान गर्दै धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ ।

पछिल्लो समाचार

सांसद मैनालीले भने–‘धम्काएर चन्दा माग्ने होइन, भोट माग’

अघिल्लो समाचार

राप्रपा झापा : स्वास्थ्य विभाग प्रमुखमा डा.साह मनोनित

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In