विराटनगर, २८ भदौ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गरेको तीन दिने विशिष्ठ व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
मंगलबार समापन भएको कार्यक्रमको प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको व्यवहारिकरुपमा अक्षरस पालना गरी विशिष्ठ व्यक्तिहरुको सुरक्षामा अहोरात्र खट्न सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका थिए ।
उनले प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
गत भदौ २६ गतेदेखि सञ्चालन भएको तीन दिने विशिष्ठ व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।
Discussion about this post