२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीनाकामा भारतीय गाडीलाई ‘सुविधा पास’

अशोज १०, २०७९, ८:५२ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ असोज । भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारी साधनले नेपालसँगको सीमा नाघेर धुलावारी बजारसम्म आउन ‘सुविधा पास’ पाउने भएका छन् ।

दुई वर्ष अघि (कोरोना महामारी सुरु भएयता) देखि पूर्वी नाका काँकरभिट्टाबाट भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन ।

सुविधा भन्नाले न्यून शुल्क बुझाएर ती सवारी साधनले २४ घण्टासम्मका लागि सीमाबाट नजिकको बजारसम्म आवतजावत गर्न पाउने अवसर हो ।

मेची भन्सार कार्यालयले आइतवार प्रकाशित गरेको सार्वजनिक सूचनामा सोमवार (असोज १० गते)देखि सीमाबाट नजिकको बजार धुलाबारीसम्म भारतीय निजी प्रयोजनका सवारी साधनहरु जीप, कार र मोटरसाइकल आदिलाई सुविधा पास उपलब्ध गराइने उल्लेख छ ।

त्यस्तो सुविधा विहान ८ बजेदेखि वेलुका ५ बजेसम्म भारतीय गाडीहरुले पाउनेछन् । यसअघि सीमावर्ती बजारसम्म आउजाउ गर्नका लागि भारतीय निजी प्रयोजनका सवारी साधनले पनि दैनिक पाँच सय रुपैयाँ तिरेपछि अस्थायी अनुमति पत्र पाउने गरेका थिए ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले आफुहरुको विशेष पहलपछि भारतीय सवारी साधनले सीमावर्ती बजारसम्म आउन जान पाउने सुविधा पाएको बताए ।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो,’ मेची भन्सार एजेन्ट संघका अध्यक्ष समेत रहेका निरौलाले भने–‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा भारतीय पर्यटक र व्यवसायीहरुको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं ।’

सीमावर्ती धुलावारी बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पास उपलब्ध गराउन माग गर्दै आइतवार मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

व्यवसायीहरुको माग बमोजिम सवारी पास खुकुलो बनाउन मेची भन्सार सहमत भएको थियो । यो सुविधा मालवाहक र यात्रुवाहक भाडाको गाडीले पाउने छैनन् ।

पछिल्लो समाचार

अब नेपालकै पहिलो नम्बरको सहकारी सहारा

अघिल्लो समाचार

भारतीय गाडीलाई निःशुल्क ‘सुविधा पास’

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.