मेचीनगर, १० असोज । मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकरभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख केशवप्रसाद ओलीले भारतीय सवारी साधनका चालकलाई धुलाबारीसम्म आवत जावतका लागि सुविधा पास हस्तान्तरण गरेका छन् । विगत तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन ।
पर्यटन तथा अन्य व्यवसायसँग आवद्ध संघ–संस्थाहरुले सीमा नजिकको बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएपछि निःशुल्क सुविधा पास दिन सुरु गरिएको मेची उद्योग बाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डेले जानकारी दिए ।
Discussion about this post