झापा, १० असोज । बिर्तामोड नगरपालिका–४ मा कार्यालय रहेको शब्दपत्र डटकम दोस्रो बर्षमा प्रवेश गरेको छ ।
बिशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ ।
गत २०७८ को घटस्थापनाको अवसर पारेर शब्दपत्र सञ्चालनमा आएको हो । डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरीले बताए ।
सम्पादक पुरी करिव १८ बर्ष धरानबाट प्रकाशित ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड कार्यालयमा कार्यसम्पादन गरिसकेका पत्रकार हुन् ।
पाठक र विज्ञापनदाताको साथ र सहयोगका कारण नै छोटो समयमा शब्दपत्र प्रकाशन प्रालि सवै समक्ष लोकप्रिय बन्न पुगेको सम्पादक पुरीको भनाई छ ।
शब्दपत्र प्रकाशन प्रालिको सञ्चालकमा बालकृष्ण गिरी, पार्वता गिरी, तारा दुलाल, अर्जुन गिरी, शर्मिला पुरी, इशा पुरी, तीर्थराज भारती, इन्द्रमणि पौडेल छन् ।
त्यसैगरी काठमाडौं प्रतिनिधिमा नबिन पुरी र कृष्णप्रसाद पुरी, मोरङ प्रतिनिधिमा काजिलाल भारती, हल्दिबारी प्रतिनिधिमा सुदिप गिरी र कर्मचारीमा रिता पुरी रहेकी छन् ।
शब्दपत्रको आफ्नै युट्ब च्यानल, फेसबुक पेज र टुवीटरबाट समाचारमुलक भिडियो हेर्न र पढ्न सक्नेछन् ।
Discussion about this post