७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धनकुटाले जित्यो खुदुनाबारी गोल्डकपको उपाधि

अशोज १८, २०७९, ९:३१ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्जुनधारा, १८ असोज । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्बलले जितेको छ ।

प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि धनकुटाले जितेको हो ।

अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा सम्पन्न निर्धारीत ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा गएको थियो ।

खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर जुनतारले इन्जुरी टाइममा पाएको फ्रिकिकको अवसरलाई सन्जना राई (सन्जु)ले प्रहार गर्दा धनकुटकी गोलकिपर सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

टाईब्रेकरमा धनकुटाकी गोलकिपर सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समिक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोलकिपर जसदा लावतीले बचाउ गर्न सकिन्न । सन्ध्या रम्तेलको प्रहार भने उनले विफल बनाएकी थिइन् ।

जुनताका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरी तिनै जनाको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय भोग्यो । अन्जनाको प्रहार धनकुटाकी गोलकिपर सजिया क्षेत्रीले विफल बनाइ भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोकिएर फर्कीएको थियो ।

जुनताराले क्वाटरफाइनलमा जनता सेवेन फुटबल क्लब इलामलाई ५–० र सेमिफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । धनकुटाले क्वाटरफाइनलमा सुनसरी फुटबल संघ सुनसरीलाई ४–० र सेमिफाइनलमा पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

जितसंगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल र वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित भइन् ।

उनिहरुले जनही ट्रफी सहित नगद ५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा राइजिङ युथ प्लेयरको उपाधी आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगर ५ हजार हात पारिन् । फाइनल खेलमा प्रदेश १ सरकारका कृषी तथा पशुपंन्छी मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपलाई च्यारिटी युथ क्लबले आयोजना गरेको हो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भएको छ ।

पछिल्लो समाचार

जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

अघिल्लो समाचार

मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.