मेचीनगर, २४ असोज । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अग्नी खरेलले झापामा घर भएको मान्छेलाई टुरिष्ट नभन्न अनुरोध गरेका छन् ।
आइतबार मनोनयन पत्र दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले त्यस्तो कुरा बताएका हुन् ।
‘ताप्लेजुङ्गमा जन्मिए’, एमालेका झापा इन्चार्ज खरेलले भने–‘झापाको गौरादहको जनता माविमा पढे, त्यहिँ आएर बसे । विद्यार्थी आन्दोलनदेखि नै म झापामा छु । पार्टीले गरेको आन्दोलनमा प्रहरीले पक्राउ गर्यो । झापा जेलमा धेरै समय विताए । मेचीनगर, भद्रपुर नगरपालिका र बुद्वशान्ति गाँउपालिका नजिकको नगरपालिका बिर्तामोडमा घर छ । म कसरी टुरिष्ट भए ।’
‘प्रतिनिधि सभाको चुनावमा नेता देशको जुनसुकै भागबाट पनि उम्मेद्वार बन्न सक्छन्’ उनले भने– ‘विगतमा शुशिल कोइराला, मदन भण्डारी, प्रचण्ड, आरके मैनाली, देवी ओझा लगायत नेताहरु आफ्नो क्षेत्रबाट उठेनन् । तर प्रदेश वा वडाको हकमा त्यो लागु हुँदैन । मेयर पनि जुनसुकै वडाबाट उठ्न सक्छ । म त झापाको मान्छे । त्यहि पनि छिमेकी नगरपालिकाको कसरी टुरिष्ट हुन्छु ।’
एमालेका स्थायी कमिटी सदस्य एवम् सरकारको महान्यायधिवक्ता समेत रहिसकेका खरेलले राष्ट्र र जनताको लागि नेताले जहाँ गएर पनि विकास तथा सेवा गर्न सक्ने बताए ।
Discussion about this post