मेचीनगर, २३ असोज । नेकपा माओवादी केन्द्रका नेता राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको तर्फबाट प्रदेश सभा सदस्य ‘ख’मा उम्मेद्वारी दर्ता गराएका हुन् ।
चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार बनेका हुन् ।
माओवादी केन्दका मेचीनगर अध्यक्ष समेत रहेका चिमरियाको प्रस्तावकमा प्रमराज अधिकारी र समर्थकमा सुदर्शन खतिवडा रहेका थिए ।
नेता चिमरिया माओवादी पार्टीका एक इमानदार र सालिन व्यक्तित्वका रुपमा परिचित थिए । उनले शनिबार सो पार्टीमा बसेर काम गर्न नसक्ने भनी राजीनामा दिएका थिए ।
स्वतन्त्रको रुपमा उम्मेद्वारी दिने बेलामा पार्टी छोड्दाको पीडा बोधको अनुभव गरिरहेका थिए । उनले मनोनयन दर्ता गर्ने बलामा हलभित्र पस्दा समेत रुमाल झिकेर आँसु पुसिरहेका थिए ।
Discussion about this post