मेचीनगर, २३ असोज । राप्रपाका नेता कल्याण खड्काले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा राप्रपा नेपालको तर्फबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता खड्काले राप्रपा नेपालको तर्फबाट प्रदेश सभा सदस्य ‘ख’मा उम्मेद्वारी दर्ता गराएका हुन् ।
खड्काले राप्रपाबाट टिकट नपाएपछि राप्रपा नेपालबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार बनेका हुन् ।
खड्काको प्रस्तावकमा नेत्रकुमार खत्री र समर्थकमा हरिप्रसाद पौडेल रहेका थिए ।
त्यस्तै राप्रपा नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यमा सन्तराज कार्कीले उम्मेद्वारको रुपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा नीतलाल राजबंशी र समर्थकमा अर्जुन राजबंशी छन् ।
Discussion about this post