मेचीनगर, २३ असोज । झापा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य ‘ख’ मा स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गानाईजेशनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य ‘क’ मा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गानाइजेशन र मौलिक जरोकिलो पार्टीले उम्मेद्वारी दिएको छ । यस्मा स्वतन्त्र उम्मेद्वार नभएको जनाएको छ ।
यस्तै प्रदेश सभा सदस्य ‘ख’ मा राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, स्वतन्त्र, राष्ट्रि जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
Discussion about this post