मेचीनगर, २३ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वारले झापा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको छ ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मेचीनगर नगरपालिका पस्ने गेटबाट र्यालीसहित प्रतिनिधि तथा प्रदेश सभा सदस्यको उम्मेद्वार मनोनयन पत्र दर्ता गरेको हो ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महामन्त्री शर्मा, प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार गोपाल तामाङले मनोनयन पत्र दर्ता गरेका थिए ।
उम्मेद्वार शर्मालेको प्रस्तावकमा केशवराज पाण्डे र समर्थकमा इन्द्रबहादुर बुढाथोकी छन् । तामाङको प्रस्तावकमा पुष्पराज पौडेल र समर्थकमा उषा गुरुङ रहेका थिए ।
त्यस्तै गठबन्धनबाट प्रदेश सभा सदस्य ‘ख’ का उम्मेद्वार नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बु (सौभाग्य)ले पनि मनोनयन पत्र दर्ता गरेका थिए । उनको प्रस्तावकमा सुर्यबहादुर विक र समर्थकमा नरेन्द्र मेचे रहेका थिए ।
Discussion about this post