बाहुनडाँगी, १२ मंसिर । भारतको कलकत्तामा सातौँ सुन्तला महोत्सव आयोजना हुने भएको छ ।
कलकत्तामा ९–११, डिसेम्बर २०२२ अर्थात यहि मंसिर २२ गतेदेखि तीन दिनसम्म सातौँ सुन्तला महोत्सव आयोजना हुने भएको हो ।
एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुनकुमार कार्कीले पत्रकार सम्मेलनमा यसपटकको महोत्सव मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा हुने जानकारी गराए ।
महोत्सवमा नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ । महोत्सवमा चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन र त्यसको बजारीकरणलाई विशेष प्राथमिक्ता दिएर प्रचार प्रसार गरिदैँ आएको संयोजक कार्कीले बताए ।
महोत्सवमा मानव बेचबिखन, लागु औषध, हात्तीको समस्या, सांस्कृतिक एवम् जातीय उत्थान लगायतका विषयमा पनि कुरा गरिने संयोजक कार्कीले बताए ।
महोत्सवमा विगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले महोत्सवमा भाग लिनेछन् ।
सो महोत्सव सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर भइरहेको छ ।
Discussion about this post