२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रदेश १ मा बहुमत जुटाउन सकस

मंसिर १३, २०७९, २:०२ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, १३ मंसिर । प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षलाई सरकार गठन गर्न सकस पर्ने देखिएको छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । प्रदेशमा बहुमत जुटाउन ४७ सिट आवश्यक पर्छ ।

प्रत्यक्षतर्फको ५६ मध्ये ५३ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेका तीन क्षेत्र मध्ये २ क्षेत्रमा कांग्रेस र एउटा क्षेत्रमा एमाले अगाडि छ ।

सार्वजनिक भएको नतिजा र समानुपातिक मतको सम्भावित नजिताले दुवै पक्षलाई बहुमत जुटाउन सकस देखिएको हो । २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेको स्पष्ट एकल बहुमत थियो ।

मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये एमालेले २४ सिट जितेको छ । नेपाली कांग्रेसले १५, माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ ।

सत्तारुढ गठबन्धनसँग २७ सिट पुगेको छ । एमाले र राप्रपा गठबन्धनसँग २६ सिट छ । जसपा पनि एमाले गठबन्धनमा छ । मतगणना जारी रहेका क्षेत्रमा अग्रता लिए अनुसार कांग्रेसले २ सिट जिते सत्तागठबन्धनको सिट २९ पुग्नेछ ।

प्रदेशमा समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकमा एमालेले ५ लाख ९९ हजार ९५९ मत पाएको छ । नेपाली कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टाीले १ लाख ८२ हजार ९०९, माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जनता समाजवादी पार्टीले ५५ हजार ३१७, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ५० हजार ८७५ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ ।

समानुपातिक मतको प्रकृया यस्तै रहे समानुपातिक ३७ सिटमध्ये एमालेले सबै भन्दा बढी १४, कांग्रेसले १२, माओवादीले र राप्रपाले ४–४ सिट पाउने सम्भावना छ ।

समानुपातिक मतका आधारमा जसपाले १, एकीकृत समाजवादीले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाउने सम्भावना छ । सोही अनुपातमा सिट पाएको अवस्थामा समानुपातिकतर्फ गठबन्धनलने १८ र एमाले गठबन्धनको १९ हुनेछ ।

सत्तारुढ गठबन्धन कायम रहेमा बहुमतका लागि आवश्यक ४७ सिट पुग्ने छ । एमाले गठबन्धनको ४६ सिट हुनेछ । तर राप्रपाले एमाले गठबन्धनमा रहने वा नरहने भन्ने निर्णय गरिसकेको छैन । राप्रपा सत्तारुढ गठबन्धनसँग रहे गठबन्धनले सहज बहुमत जुटाउनेछ । एमाले गठबन्धनमा बसे दुवै गठबन्धनलाई बहुमत जुटाउन जोखिम हुनेछ । प्रत्यक्ष २ सिट जितेको राप्रपाले समानुपातिक चार सिट पाउनेछ ।
नेकपा एमाले नेता हिक्मतकुमार कार्की एमाले नेतृत्वको गठबन्धनले बहुमत जुटाउने बताउँछन् । ‘सबै नतिजा आइसकेको छैन, तर हामी बहुमत नजिक छौं,’ मुख्यमन्त्रीको दाबेदार रहेका उनले भने, ‘हाम्रो बहुमत पुग्ने अवस्था देख्छु ।’

कार्की नेकपा एमालेबाट मुख्यमन्त्रीको एकल दाबेदार हुन् । मुख्यमन्त्रीका अर्का दाबेदार जीवन घिमिरे भने मोरङ ४(२)मा कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भए ।

गठबन्धनमा को–को छन दाबेदार

सत्तारुढ गठबन्धनमा भने मुख्यमन्त्रीको दाबेदारको सख्ंया धेरै छ । दाबेदार मध्ये दुई जना भने पराजित भएका थिए । मोरङ ५(२)बाट निर्वाचित कांग्रेस नेता अमृत अर्याल प्रमुख दाबेदार हुन् ।

उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला पक्षका तीन जना आकाक्षी थिए । तर दुई जना पराजित भए । मोरङ ४ (१) बाट गुरुराज घिमिरे र सुनसरी २(२) बाट राजिव कोइराला पराजित भए । मोरङ ६(२)बाट विजयी भएका केदार कार्की डाक्टर कोइराला समूहबाट दाबेदार हुन् ।

कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली मुख्यमन्त्रीको दाबेदार छन् । उनले एमालेका मुख्यमन्त्री दाबेदार जीवन घिमिरेलाई पराजित गरेका थिए । सामानुपातिक सूचीमा रहेका कांग्रेस प्रदेश १ सभापति उद्धव थापा पनि सिटौला समूहबाट दाबेदार छन् ।

माओवादी केन्द्रमा इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीको एकल दाबेदार हुन् । उनी वर्तमान सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र राई पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

(अनलाइन खवर)

पछिल्लो समाचार

झापा–१ का निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान

अघिल्लो समाचार

चोलेन्द्रको निलम्बन फुकुवा किन ?

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.