मेचीनगर, २४ मंसिर । पाँचौँ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरु भएको छ ।
सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २३ गते दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्ट लेक सिटिसेन्टरमा सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंन्जरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीले बताए ।
महोत्सवमा नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ । महोत्सवमा चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन र त्यसको बजारीकरणलाई विशेष प्राथमिक्ता दिएर प्रचार प्रसार गरिदैँ आएको संयोजक कार्कीले बताए ।
महोत्सवमा मानव बेचबिखन, लागु औषध, हात्तीको समस्या, सांस्कृतिक एवम् जातीय उत्थान लगायतका विषयमा कुरा गरिएकोे संयोजक कार्कीले बताए ।
महोत्सवमा विगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले महोत्सवमा भाग लिएका छन् ।
सो महोत्सव सन् २०१३ देखि भारतको कोलकातामा निरन्तर भइरहेको छ ।
Discussion about this post