झापा, ७ वैशाख । समय अवधिभित्र र सन्तोषजनक काम नभएका १० निर्माण कम्पनीहरु कालो सूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १० निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ ।
प्रमिला थापा मुख्य व्यक्ति रहेको ओम शान्ति निर्माण सेवा भद्रपुर–१० लाई १ वर्षसम्म कालोसूचीमा राखिएको छ ।
यो कम्पनीलाई कालोसूचीमा राख्न भद्रपुर नगरपालिका नगरकार्यपालिका झापाले सिफारिस गरेको थियो ।
यस्तै शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो ।
यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ ।
अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् । कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
Discussion about this post