मेचीनगर, ७ वैशाख । सुपाडीको सुकेको पत्तामा लुकाएर पिकअप गाडीमा लादै गरेको ४० क्युफिट सखुवा जातको चिरान काठ प्रहरीले पक्राउ गरेको छ ।
बुधवार विहान ११ वजेर ४५ मिनेटमा मेचीनगर–८, दुर्गा मन्दिर टोल स्थित उत्तरबाट दक्षिणतर्फ मे १ ज ११८० नम्बरको पिकअप गाडीमा सुपाडीको सुकेको पत्तामा लुकाएर लादै गरेको सो परिमाणको सखुवाको चिरान काठ जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएकोे काठसहितको गाडीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी पठाइएको झापा प्रहरीले जनाएको छ ।
Discussion about this post