मेचीनगर, १५ साउन । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–७ ले सोमबार आजीवन सदस्यताको प्रमाणपत्र वितरण तथा स्वास्थ्य शिविरको ब्यानर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर–७ को वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच १९ जना आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गरिएको हो ।
साथै, गत बैशाखमा ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको स्वास्थ्य शिविरको झलक अंकित ब्यानर वडा कार्यालयमा बुझाइएको छ । समितिले बैशाख १९ देखि २७ गतेसम्म ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर आयोजना गरेको थियो ।
ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–७ का अध्यक्ष पिताम्बर शर्मा पौडेलको अध्यक्षता तथा जेष्ठ नागरिक मेचीनगर समितिका अध्यक्ष अंगतबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, ज्येष्ठ नागरिक मेचीनगर समितिका उपाध्यक्ष हिम्मत क्षेत्री, नगर सचिव टिका न्यौपाने, ज्येष्ठ नागरिक अगुवा युद्धराज ओली, नेपाली कांग्रेसका मणिकुमार
राजवंशी, एमालेका हिरामन राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता भेषराज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ज्येष्ठ नागरिक वडा समितिका उपाध्यक्ष प्रेमराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अमर परियारले गरेका थिए ।
Discussion about this post