झापा, २० पुस । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार बसेको एमाले सचिवालयको बैठकले झापाका अध्यक्ष कार्कीसहित ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
पार्टीले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्यका मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
यस्तै झापा जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको पोखरेलले बताए ।
Discussion about this post